आज साउन २१ गते मंगलबारको राशिफल : मेष उत्तम, वृश्‍चिक उत्कृष्ट

२०७६, श्रावण २१ गते मंगलबार 

मेष : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । उच्चस्तरीय कार्यव्रम बन्नेछ । दीर्घकालीन कार्ययोजना सफल हुनेछ ।

वृष : दिन उचित रहनेछ । बौद्धिक काम हुनेछ । आत्मबल बढ्नेछ । कामप्रति तीव्रता थपिनेछ । मनमा चिन्ता कम हुने देखिन्छ ।

मिथुन : दिन प्रतिकूल रहनेछ । बढी जोखिममूलक काम नगर्नु उपयुक्त हुनेछ । मन डराउन सक्छ । काममा सचेतताको खाँचो पर्नेछ ।

कर्कट : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बोध हुनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । यश, कीर्ति मिल्नेछ ।

सिंह : दिन अनुकूल रहनेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । अर्थोपार्जन हुनेछ । शरीर स्वस्थ हुनेछ ।

कन्या : दिन भाग्यवर्धक रहनेछ । आत्मबल विकसित हुनेछ । बौद्धिक कार्यप्रतिको चिन्ता रहनेछ । पत्यारिलो काम बन्नेछ ।

तुला : दिन प्रतिकूल  रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काम बन्न कठिन हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

वृश्चिक : दिन उत्कृट रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । बुद्धि विवेक सार्थक रहनेछ । पुराना मित्रसँग भेटघाट हुनेछ ।

धनु  : दिन सार्थक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । कामप्रति रूचि बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।

मकर  : दिन ठिक रहनेछ । धार्मिक नेतृत्व गर्ने अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । दानपुण्यले मन प्रसन्न हुनेछ ।

कुम्भ : दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । मन खिन्न हुन सक्छ ।

मीन : दिन अत्युत्तम रहनेछ । व्यापार व्यवसाय बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।