स्थानीय तहकाे वर्गीकरण : कुन तह कुन वर्गमा ? (चितवनको सूचिसहित)

चितवन। प्रशासनिक आधारमा नेपालका स्थानीय तहहरुकाे वर्गीकरण गरिएकाे छ । नेपालमा रहेकाे महानगरपालिका, नगरपालिका र गाउँपालिकाकाे प्रशासनिक आधारमा वर्ग छुट्याउँदै स्थानीय तहहरुकाे वर्गीकरण गरिएकाे हाे ।वर्गीकरण अन्तर्गत स्थानीय तहहरुलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरिएकाे छ ।

जसअन्तर्गत क वर्ग अर्थात अति दुर्गममा १६२ वटा स्थानीय तहहरु परेका छन् भने ख वर्ग अर्थात दुर्गममा २१८ वटा स्थानीय तहहरु परेका छन् ।त्यस्तै, ग वर्ग अर्थात् मध्यम अन्तर्गत २७५ र घ वर्ग अर्थात् सुगम अन्तर्गत ९८ वटा स्थानीय तहहरु परेका छन् ।यस विवरणलाई हेर्दा सबैभन्दा बढी २७५ स्थानीय तह मध्यम अर्थात ग वर्गमा परेका छन् भने सबैभन्दा कम ९८ स्थानीय तह सुगम अर्थात् घ वर्गमा परेका छन् ।

चितवन….

चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ग अर्थात मध्यममा र बाकी सबै घ अर्थात सुगममा परेका छन ।