भारी वर्षापछि तुरतुरे ताल फुट्यो,तटीय क्षेत्रका बस्ती जोखिममा

बाग्लुङ  लगातारको भारी वर्षापछि सोमबार बिहान बडीगाड खोलामा पानीको सतह बढेसँगै तुरतुरे ताल फुटेपछि मध्यपहाडी लोकमार्गको केहि भाग बगेको छ । जसका कारण यातायात अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने खार बजारको माथिपट्टी भल सहितको पहिरोले सडक अवरूद्ध भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक समुद्र नेपालको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

तालमा रहेको पानीको सतह करीब १० मिटर घटेको छ । तुरतुरे ताल फुटेर बडीगाड खोलामा पानीको सतह एक्कासी बढेपछि तलका तटीय क्षेत्रमा रहेका भिङगाड, भिङखाल, खार, खर्वाङ बजार र गुल्मीको रिडी क्षेत्रसम्मका स्थानीयबासी त्रसित बनेका छन् ।

तालको पानी घट्न रोकिएकोले आत्तिनु पर्ने अवस्था नरहेको बताइए पनि सबै तटीय क्षेत्रमा सावधानी अपनाउनु पर्ने अवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ । भिमगिठे बजारको तटीय क्षेत्रमा प्रहरी नायव निरीक्षक रिनबहादुर बैदवार, खार क्षेत्रमा प्रहरी सहायक निरीक्षक लालमणि भट्टराई र खर्वाङ क्षेत्रमा प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीको टोली खटिएको बताइएको छ ।

बागलुङको तमानखोलाको लाममेलामा १ जनाको मृत्यू २ जना वेपत्ता 

बागलुङको तमानखोला गाउँपालिका वडानं. ४ को लाम्मेलामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ भने २ जना व्यपत्ता भएका छन्। पहिरोले लाम्मेला का ५ घर पुरेको वडा अध्यक्ष उदिन छन्त्यालले जानकारी दिनुभएको छ। पहिरोमा परि ३५ वर्षकाी सन्त कुमारी श्रीपालीको ज्यान गएको हो। उनको शव निकालीएको छ। पहिरोमा परि ७० वर्षिया अन्सारी श्रीपाली र १२ बर्षिया प्रविण श्रीपालि बेपत्ता भएका छन्। पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको गाउँपालिका अध्यक्ष जोकलाल वुढाले जानकारी दिनुभएको छ। राती १ वजे तिर गएको पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरि उपचारको लागी पठाइएको वडा अध्यक्ष उदिम छन्त्यालले जानकारि दिनुभएको छ।