
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको प्रतितोला मूल्य नै ६६ हजार पुगेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा काराेबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य आकाशिए पछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसायीहरुको भनाई छ ।