सुरक्षित सहकारीको आयोजनामा खोलेसिमलमा रक्तदान कार्यक्रम

चितवन । सुरक्षित बचत तथा ऋण सहकारी सस्था लि. कालिका-६ खोलेसिमलको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सस्थाको १२औं वार्षिकोत्सवको अबसरमा हरेक बर्ष जस्तै यस बर्ष पनि खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । सस्थाको प्राङ्गणमा भएको सो रक्तदान कार्यक्रममा ३७ महिला सहित १ सय ४० जनाले रक्तदान गरेका थिए ।
सहकारी सस्थाका अध्यक्ष शितलकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा अध्यक्ष बिनोद रेग्मी, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्योपाने, सस्थाका कोषाध्यक्ष भिमप्रसाद खनाल, कार्यक्रम संयोजक भिमप्रसाद लामिछाने, सस्थाका सदस्य हिमलाल खतिवडा लगायतले मन्तव्य राखेका थिए ।