
काठमाडौँ । पाकिस्तानको पन्जाबस्थित सियालकोट शहरमा ७२ वर्षदेखि बन्द १ हजार पूरानो हिन्दू मन्दिरलाई दर्शनका लागि खोलिएको छ । सियालकोटमा रहेको यो शिवालय मन्दिर सरदार तेजा सिंहले निर्माण गरेका थिए । सन् १९४७ मा भारतबाट पाकिस्तान अलग भएपछि मन्दिर बन्द गरिएको थियो ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बाबरी मस्जिदमा सन् १९९२ मा आक्रमण भएपछि पाकिस्तानको यो शिवालय मन्दिरमा पनि क्षति पुर्याइएको थियो । त्यसपछि हिन्दूहरूलाई मन्दिरको प्रांगणमा जानबाट पनि रोकियो ।
पाकिस्तानी सरकारले उक्त मन्दिरमा छिट्टै जीर्णोद्धारको काम थाल्ने बताएको छ ।
केही दिनअघि प्रधानमन्त्री खानले हिन्दूहरूलाई जबरजस्ती मुसलमान बनाउनु इस्लामको विरुद्धमा हुने वक्तव्य दिएका थिए । पाकिस्तानमा अल्पसंख्यक रहेका हिन्दूहरू प्रधानमन्त्री खानको यस्तो निर्णयले खुशी भएका छन् । एजेन्सीको सहयोगमा