समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

काठमाडौं । समाजवादी पार्टीका एक स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ । शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कपिलवस्तुका अनुसार मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । उनको हातको पाखुरामा गोली लागेको छ । गोली कसले के कारणले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।