नेकपाका युवा नेता योगेश भट्टराई बने पर्यटन मन्त्री

काठमाडौं । ५ महिनादेखि रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मा नेकपाका युवा नेता योगेश भट्टराईले पाउने भएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा अपराह्न ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको नेकपा स्रोतले बतायो ।

नवनियुक्त मन्त्रीको शथपका लागि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितल निवासमा पुगिसकेका छन् ।