देवघाटमा आज बुधबार र भोलि बिहीबार गुरु मन्दिरको समुदघाटन, सभा एंव विशेष प्रबचन हुने

चितवन । चितवन, तनहुँ र नवलपरासीको संगममा रहेको पबित्र तिर्थस्थल देबघाटमा गुरु स्मृति सभा, सन्त समागम, गुरु मन्दिरको समुदघाटन एंव विशेष प्रबचन कार्यक्रम हुने भएको छ ।

महेश सन्यास आश्रम र महेश सस्कृत गुरुकुलमको आयोजनामा सो विशेष कार्यक्रम २ दिन सम्म हुने भएको हो । सो आश्रमको आयोजनामा हुने कार्यक्रम अन्तर्गत यही साउन १५ गते आज बुधबार बिद्यश्वर समाराधना एंव रुद्राभिषेक अनुश्ष्ठान र सन्त समागम विशेष प्रबचन हुने भएको छ ।
त्यस्तै साउन १६ गते भोलि बिहीबार विशेष रुद्राभिषेक एंव गुरु पुजन तथा गुरु मन्दिरको समुदघाटन गरिने कार्यक्रम रहेको महेश सन्यास आश्रमका पिठाधिश १००८ स्वामी रमणानन्द गिरी महाराजले जानकारी दिए ।
सोहिदिन स्वामी डा. रामानन्द गिरिजी महाराजको सम्झनामा स्मृति सभा एंव सन्त हरुबाट आशिर्बचनकाे कार्यक्रम समेत रहेको पिठाधिश गिरीले बताए । सो २ दिने विशेष कार्यक्रममा स्वदेश तथा बिदेशबाट पनि सन्त हरुको सहभागीता रहने उनले जानकारी दिए ।