नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले भोलि बन्द गर्ने (पढ्नुहोस विज्ञप्ति)

काठमाडौँ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माइला लामा पक्राउको बिरोधमा उक्त पार्टीले भोलि बन्दको आव्हान गरेको छ ।

नेकपाले यहीँ साउन १५ गते भोलि वाग्मती, नारायणी ब्युरोसहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आव्हान गरेको जनाएको छ । विद्रोही नेकपाले लामा सहितसम्पूर्ण  नेता कार्यकर्ताको  बिना सर्त रिहाईको माग गरेको छ ।

नेकपा प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राति सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती , हत्यारो प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ । यसले आफ्नै काठमाडौं अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो ।

ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्सर्ना  गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

‘२०६२/०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरुको यथास्थितिवादी चिन्तन र विदेशी शक्ति केन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादियो । त्यसको विरुद्ध हाम्रो पार्टीले लगातार संघर्ष गर्दै आएको छ । देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको छ । हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको छ । त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको छ । सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछ ।’

जनकलाकार एवं उपत्यका ब्युरो इन्चार्ज लामालाई यहि साउन ४ गते काँडाघारीस्थित एउटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले मध्यराति घेरा हालेर पक्राउ गरेको थियो । एनसेलमा बम बिष्फोट लगायतका मुद्धामा लामा नख्खु कारागार चलान भएका छन् ।