‘डब्ल्यूटीओ’ले भन्याे- ‘चीनलाई कुनै पनि हालतमा विकासशील राष्ट्रको दर्जा दिन हुँदैन’

एजेन्सी । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)ले चीनलाई कुनै पनि हालतमा विकासशील राष्ट्रको दर्जा दिन नहुने बताएको छ ।

यसै साता हुने डल्ब्यूटीओ वातामा अमेरिकाको यस्तो दबाब सफल नहुने चिनिको सञ्चारमाध्यमले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरलाई पठाएको मेमोपश्चात् चिनियाँ सरकारी सञ्चारमाध्यमले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मेमोमा व्यापार नियमहरुको विश्व व्यवस्थाको सञ्चालन र विवादको समाधान गर्ने डब्ल्यूटीओद्वारा विकसित र विकासशील देशहरुबीच गरिने विभाजन अब पुरानो भएको उल्लेख छ ।

यसको नतिजामा (डब्ल्यूटीओ)का केही सदस्य राष्ट्रले फाइदा उठाइरहेका बताइएको छ । मेमोमा ९० दिनभित्र डब्ल्यूटीओ नियम सुधारको दिशामा ठोस र सार्थक कदम नउठाएमा अमेरिका कुनै पनि सदस्य मुलुकलाई अब विकासशील देश नमान्ने उल्लेख गरिएको छ ।

सो मेमो मङ्गलबार र बुधबार अमेरिका–चीन वार्ताकारबीच साङ्घाईमा हुन लागेको बैठकअघि जारी गरिएको हो । बैठकको उद्देश्य दुई देशबीच जारी व्यापार विवादलाई सुल्झाउनु रहेको छ ।