भारतीय मिडियामा महानायक राजेश हमालको चर्चा, अमिताभ बच्चनसँग तुलना

एजेन्सी। भारतीय संचार माध्यमले नेपालका महाननायक राजेश हमाललाई बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनसँग तुलना गरेको छ।

भारतीय संचारमाध्यम आजतकले महानायक हमालको बारेमा प्रकाशन गरेको एक लेखमा उनलाई अमिताभ बच्चनसँग तुलना गरिएको हो।

आजतकमा ‘ये हैं नेपाली सिनेमा के अमिताभ बच्चन’ शीर्षकमा लेख लेखिएको छ।

 

भारतमा संचालन हुँदै आएको ‘कौन बनेगा करोडपति’लाई अमिताभ बच्चनले संचालन गर्दै आएका छन् भने नेपालमा केही समयअघिदेखि संचालन हुँदै आएको ‘को बन्छ करोडपति’लाई महानायक राजेश हमालले संचालन गर्दै आएका छन्।

लेखमा हमालको नेपाली चलचित्र जगतमा प्रवेश, पारिवारिक जीवन, अध्ययन, मधु भट्टराईसँगको विवाह देखि लिएर प्राय सबै कुरा उल्लेख गरिएको छ।

लेखमा महानायक हमालको निकै प्रशंसा समेत गरिएको छ। सो लेखलाई प्रिया शांडिल्यले लेखेकी हुन्।