लोकप्रिय गायिका शान्ति श्री परियारको तीज गीत ‘फुलमती चनमती’ बजारमा, (हेर्नुस् भिडियो)

नविन नेपाल,चितवन। कोहि छैन नजिक यहाँ कोहि छैन पर नेपाल हाम्रो घर हो हजुर नेपाली हो थर, जन्मेको देश गौतम बुद्ध बनाउ है सबैले मन शुद्ध भन्दै यस पटकको तीजमा लोकप्रिय गायिका शान्ति श्री परियारले गीत बजारमा ल्याएकि छिन ।

फुलमती चनमती गीतले देश र समाजमा व्याप्त जातिय बिभेद बेथिति, विसङ्गतिहरूमाथि शक्तिशाली प्रहार गरेको छ । देशको ब्याप्त समस्या, दाइजोप्रथा देखि बलात्कार हत्यासम्म अनि गणतन्त्र देखि वाक स्वतन्त्रता सम्मका विषयका सबल र असबल पक्षहरु एउटै गीतमा उठाएकि छिन। देशमा उब्जिएको बिकराल चुनौती र त्यसको समाधानका पक्ष विपक्षमा दुई बाटोमा विभाजित रेखाहरु गीतले स्पष्ट देखाउन खोजेको छ ।

राजनीति र अशिक्षाले कोरेको सीमारेखाले समाजलाई कसरी दुई चिरा पारेको छ भन्ने कुरा उजागर गर्ने कोशिस गरेकी छन् । गीतमा शान्ती श्री भन्छिन, “ देश बनाउनी युवा जति बिदेश भासिदै छ, धर्मप्रथा, सकृती र सस्कार मासिदै छ, गीत संगीतमा विकृतिको फैलि रा’छ जालो गीत गाएर खान पनि मुश्किल हुन थाल्यो’ यस्ता अन्तराहरूले हामी भित्रका कमजोरीहरूलाई पनि छताछुल्ल पारिदिएकि छन् ।

देशमा यी यावत समस्याहरू भएता पनि राम्रो आखाले हेरे सबै राम्रो देखिन्छ, नराम्रो कुरालाइ बिर्सेर राम्रो कुरालाइ सम्झेर अघि बढन प्रेरित गरेको जनचेतना मुलक गीतमा ज्ञानु परियार र गायक खेम सेन्चुरीले स्वरमा साथ दिएका छन । नेत्र अर्यालको शब्दमा चर्चित सर्जक तथा गायक खेम सेन्चुरीको संगीत रहेको छ। शिव विकले निर्देशन गरेको गीतमा अञ्जली अधिकारी र गायिका परियारले अभिनय गरेका छन् । गीतको भिडियो दुर्गा पौडेलले खिचेका हुन् ।

हेर्नुहोस रमाइलो भिडियो