बहुविवाहको उजुरी परेकाले छवि-शिल्पालाई छिट्टै पक्रन्छौं : प्रहरी प्रवक्ता पोखरेल

?काठमाडौं । बहुविवाहको उजुरी परेपछि चर्चित निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीले खोजी तिव्रता गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले आफूहरु ओझा र पोखरेलको खोजीमा जुटिसकेको बताए । उनले भनेका छन्,‘हामी अनुशन्धानको नजिक पुगेका छौं । एक–दुई दिनभित्रै छवि र शिल्पालाई पक्राउ गर्छौं ।

कारबाही कसरी अघि बढाउने भन्ने कुरा पक्राउ गरेपछि मात्रै थाहा हुन्छ । छविराजजीको जेठी श्रीमती हेमाको उजुरीमा पनि अनुशन्धान गर्छौं । बहुविवाह गर्नेलाई छोड्दैनौं ।’