अहिलेसम्मकै बबाल तीज गीत आयो, हेर्नुस् भिडियो (निर्देशक पाण्डेको शब्द र गायीका अधिकारीको स्वरमा)

काठमाडौ । उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड’ जितेका चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेको शब्द रहेको तिज गित सार्वजनिक भएको छ ।

पत्रकारीता र बृत्तचित्र निमार्णमा सफल भएका पाण्डेले पहिलो पटक नयाँ तिज गितको शब्द कोरोका हुन ।

शिव हमालको यूट्युवबाट सार्वजनिक भएको चुरा बोलको गितमा चर्चित सर्जक शिव हमालको संगीत ,गायिका सुनिता अधिकारीको सुमधुर स्वरको जादु देखाएका छन भने प्रकाश भट्टले निर्देशन गरेका छन । राजेश घिमिरेको छांयाकंन , बिष्णु शर्माको सम्पादन रहेको चुरा गिति एल्वममा गायिका सुनिता अधिकारीको बेजोड नृत्य समेत देख्न सकीन्छ ।

भनिन्छ नि, जो संग जे छैन, त्यसको महत्व झनै बढी हुन्छ रे । मेरो आमाको कोखबाट दिदीबहिनी नभए पनि मलाई अगाध माया गर्ने थुप्रै दिदीबहिनी पाएको छु । त्यसैले पनि तीज र तिहार मेरो लागि सँधै विशेष छन् । तसर्थ यसपालि तीजमा तपाईंहरू सामु समसामयिक विषयवस्तु समेटिएको नयाँ गीत लिएर आएको गणेश पाण्डे बताउछन ।

हेर्नुहोस रमाइलो भिडियो