चितवनको खोलेसिमलबाट धादिङ जादै गरेको बस दुर्घटना, १७ जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका-६ खोलेसिमल बजारबाट धादिङ जादै गरेको बस आज दुर्घटना हुँदा १७ जना घाइते भएका छन ।

ना६ख २८९५ नम्बरको सो बसलाई काठमाडाै तर्फबाट आएको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटारमा बिहान करिब ८ बजे भएको दुर्घटनामा घाइते हरुको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भैरहेको चितवन प्रहरीले जनाएको छ ।

घाइते सबैको अबस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।