चितवनमा लायन्स क्लबको संयुक्त चार्टर नाइट तथा पदस्थापन कार्यक्रम(फोटाे फिचर सहित)

चितवन । पुर्बी चितवनको रत्ननगरमा रहेकोे लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, रत्ननगर पिस र लियो क्लब अफ रत्ननगर मिड नेपालकाे एक कार्यक्रमका बीच संयुक्त चार्टर नाइट तथा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको पहिलो सत्रको अध्यक्षता लायन्स क्लब अफ रत्ननगर मिड नेपालका बर्ष २०१८/१९ का अध्यक्ष पुष्पराज जोशी र रत्ननगर पिसका अध्यक्ष अनिल पाठकको अध्यक्षतामा भएको थियो । त्यस्तै दोश्रो सत्रको अध्यक्षता लायन्स क्लब अफ रत्ननगर मिड नेपालका बर्ष २०१९/२० का अध्यक्ष प्रकाश शर्मा र रत्ननगर पिसका अध्यक्ष रमेश नेपालले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५बि२ का डिष्टिक गभर्नर अनुपकुमार पहारी, पुर्ब गभर्नर प्रभातकुमार जोशी, एरिया चिफ प्रकाशचन्द्र भट्टराई, लियो क्लब अफ रत्ननगर मिड नेपाल बर्ष २०१८/१९ का अध्यक्ष आशिष् शर्मा, बर्ष १९/२० का अध्यक्ष सिर्जना पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ रत्ननगर मिड नेपालका संस्थापक अध्यक्ष सुरेशचन्द्र आचार्यले स्वागत मन्तव्य र लायन्स क्लब ईन्टरनेशनल ३२५बि२ का रिजन चियरपर्सन कृष्णलाल श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । सो अबसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने क्लबका सदस्य हरुलाई सम्मान समेत गरिएको थियो ।