नेपाल प्रहरीमा ४ सय ३७ इन्स्पेक्टरको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा चार सय ३७ जना इन्स्पेक्टरको एकैपटक सरुवा निकालिएको छ । प्रहरी प्रधान कार्यालयले ८ साउनको राति सरुवा निकालेको हो । सरुवाका लागि लामो समययता इन्स्पेक्टरहरुको दौडधुप चल्दै आएको थियो । केहीले धेरै पहिले काज सरुवा गरिसकेका थिए ।

सरुवा हुनेहरुमा सुरक्षा केसी महानगरीय प्रहरी प्रभाग कपन, सुमनकुमार थापा इलाका प्रहरी कार्यालय धनुषाधाम, सागर विक्रम राणा, महानगरीय प्रहरी परिसर ललितपुर, सरिता मगर, वसन्त आचार्य राजकुमार तामाङ, योगराज खतिवडा सीआइबीमा सरुवा भएका छन् ।

यसैगरी सरस्वती अधिकारी महानगरीय ट्राफिक प्रहरी महिला गुल्म, रुपेन्द्रनारायण सिंह महानगरीय प्रहरी बौद्ध, रामकुमार राई विशेष ब्युरो, राजन लामा महानगरीय प्रहरी परिसर काठमाडौं, माधव केसी महानगरीय प्रहरी प्रभाग पुल्चोकमा सरुवा भएका छन् ।

(सूचीसहित): सूचीको लागि तलको link मा क्लिक गर्नुहोला ।

https://nepalpolice.gov.np/images/documents/updates/saruwa-insp-janapad-2076-04-09.pdf