चितवनको रत्ननगरमा ३ दिने निःशुल्क दन्त शिविर, ४ सय २ जनाले सेवा लिए

चितवन । पुर्बी चितवनको रत्ननगरमा ३ दिने निशुल्क दन्त शिबिर सम्पन्न भएको छ ।

रत्ननगरका तिनबटा लायन्स क्लबहरु लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ रत्ननगर मिड र लायन्स क्लब अफ रत्ननगर पिसको सम्युक्त आयोजनामा सो शिविर मंगलबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सो शिबिरको उद्घघाटन गरेका थिए । सो अबसरमा दन्तरोग बिशेषज्ञ डा. अजय न्यौपानेले शिबिरमा दिइने सुबिधाहरुको जानकारी दिनुभएको थियो ।

रत्ननगर लायन्स क्लबका अध्यक्ष दिपक बास्तोला को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २अन्तर्गत एरिया ३ का एरिया चिफ प्रकाश चन्द्र भट्टराई, रिजन चियर पर्सन कृष्ण लाल श्रेष्ठ लगाएतले मन्त्तव्य राख्नु भएको थियो ।  कार्यक्रममा लायन्स क्लब अफ रत्ननगर मिड नेपाल का अध्यक्ष प्रकाश शर्मा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका संस्थापक अध्यक्ष सुरेश चन्द्र आचार्यले संचालन गर्नुभएको थियो ।

बकुलहरमा सम्पन्न भएको शिबिरमा साईराम डेन्टल क्लिनिकको प्राबिधीक सहयोग रहेको थियोे ।

कार्यक्रममा डा. अजय न्यौपाने, डा.सरु थापा, डा. नविन थापा, डा. प्रणव यादव, डा. रल्ज लौडारी र डा. बिक्रम श्रेष्ठ सहितको दन्तरोग बिशेषज्ञहरुबाट ४ सय २ जना बिरामीहरुको दाँतको उपचारका साथै निशुल्क औषधी समेत उपलब्ध गराइएको थियो ।