अमेरिकाको सौन्दर्य प्रतियोगितामा नेपाली चेलीले जितिन् २ उपाधि

क्यालिफोर्निया । अमेरिकामा भएको एक सौन्दर्य प्रतियोगितामा नेपाली मूलकी चेलीले २ उपाधि जितेकी छिन् । अमेरिकाको क्यालिफोर्नियामा भएको मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली मूलकी मिराकल चन्दले सेकेन्ड रनरअप र उत्कृष्ट युवा सुन्दरीको उपाधि जितिन् ।

आफ्नी आमा फिलिपिन्सकी भएकी कारण यो प्रतियोगितामा सहभागी हुन पाएकी मिराकलका पिता नेपाली हुन् । प्रतियोगिताको नतिजा आइतबार घोषणा भएको थियो । उनलाई जिताउन विश्वभरमाट नेपालीहरुले सहयोग गरेका थिए । नतिजापछि मिराकलका पिता कर्ण चन्दले सामाजिक संजाल मार्फत सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।