हेटौंडामा एकैपटक ८ वटा सवारी ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौं । हेटौंडामा एकैपटक आठ वटा सवारी ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

एउटै लेनमा गुडिरहेको मोटरसाइकल, टाटा सुमो, बोलेरजीप, पिकअप भ्यान, बस तथा ट्रक ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको डिसएसपी यज्ञराज भट्टराईले जानकारी दिए। मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी छ।

उनका अनुसार दुर्घटनामा अन्य सामान्य घाईते भएका छन्। उनीहरुको उपचारका लागि नजिकैको अस्पतालन लगिएको छ।

डिएसपी भट्टराईले जानकारी दिएअनुसार ट्रकले बोकेर ल्याएको हाइड्रोपावरको लागि प्रयोग हुने डिब्बा खस्दा उक्त दुर्घटना भएको हो। घट्ना साढे १२ बजेतिर घटेको उनले बताए। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।