गुल्मीमा पहिरो : पुरिएर ६ को मृत्यु, २ जना घाइते

गुल्मी । गुल्मीमा अबिरल बर्षासँगै आएको पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । सोमबारबाट लगातार परेको बर्षासँगै आएको पहिरोमा परेर सत्यवती गाउँपालिका –३ को दाङसियामा २ र सत्यावती गाउँपालिका ४ को लिम्घामा ४ घर बगाउँदा ४ जनाको ज्यान गएको हो।

दाङसियाका स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीया छोरी तिलकुमारी त्रामू र उनका छोरा दर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी उनका २ छोरी घाईते भएका छन्।

त्यस्तै, सत्यदेवी ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष शुवर्णा शेरचन शाहीले डिसी नेपाललाई जानकारी दिएकी छन्।  उक्त पहिरोमा परी अन्य ५ जना बेपत्ता भएका छन् ।

अहिले दुर्घटनास्थलमा प्रहरी र स्थानीयले पहिरोमा पुरिएका मानिसको खोजी गरिरहेको छ।