चितवनको खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रोबस दुर्घटना, १३जना घाइते (नामावली)

चितवन।चितवनको कालिका नगरपालिका-६,  स्थित खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रोबस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन ।

बिहान ५ बजे काठमाडौंका लागि हिंडेेेेकाे सो माइक्रोबस ७:४५ बजे दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ । धादिङ जिल्लाको थाक्रे गाउँ पालिका-१ खयरवारि भन्ने ठाऊमा बा ५ ख ३१५१ नम्बरको राजु ट्राभलकाे सो माइक्रोबस दुर्घटना भएको हो । सो माइक्रोबसलाई मिनि बसले ठक्कर दिँदा माइक्रोबस महेश खोलाको छेेउमा खसेको थियो ।

सो माइक्रोबस सडकबाट करिब ५० मिटर तल खसेको थियो । १३ जना यात्रु मध्य २ जनाको हात भाचिएको अनुमान प्रहरीले गरेको छ । सबै यात्रुको उद्दार गरि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सबै यात्रु खतरामुक्त रहेको समेत प्रहरीको भनाइ छ ।

यात्रुको नामावली:

खडग बहादुर थापा

बुद्धि बहादुर तमाङ

राजु तमाङ

मिलन दवाडि

बाबुराम केसि

रूपा अधिकारी

२ जान नवलपरासीी जिल्ला

१ जना बारा जिल्ला

२ जनाको नाम खुल्न सकेको छैन।