त्रिभुवन विमानस्थलबाट ४ किलो आइस ड्रग्ससहित पोर्चुगिज नागरिक समातिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोर्चुगिज नागरिक समातिएका छन् ।

मेन्डिज पेरिरा नाम गरेका पोर्चुगिज नागरिकलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले ४ किलो लागूऔषध आइस ड्रग्ससहित समातेको हो ।

विभिन्न बट्टामा फल्स बटम बनाएर ४ किलो ३ सय ८० ग्राम आइस एम्फिटामिन बोकेका नागरिकलाई शुक्रबार साँझ समातेको विमानस्थल प्रहरीले जनाएको छ ।

७२०१२९२ नम्बरको राहदानी बाहक मेन्डिज पेरिरामाथि थप अनुसन्धान भइरहेको छ ।