बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो, २९ जना अझै बेपत्ता, ११ हजार ८ सय ३९ घरधुरी विस्थापित

काठमाडाैँ । अघिल्लो बिहीबारदेखि शनिबारसम्म परेकाे वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या हालसम्म ९० जना पुगेको छ ।  २९ जना अझै वेपत्ता रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्‍चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बाढीपहिरोका घटनामा परी ४१ घाइते भएका छन् भने देशभरि अहिले ११ हजार ८ सय ३९ घरधुरी अस्थायी विस्थापितका रूपमा छन्।

केन्द्रका अनुसार रौतहटमा १०, झापा तीन, इलाम एक, पाँचथर एक, मोरङ पाँच, सुनसरी दुई, खोटाङ तीन, भोजपुर पाँच, सुनसरी दुई, खोटाङ तीन, भोजपुर पाँच, संखुवासभा एक, ओखलढुंगा चार, उदयपुर एक र सिरहामा ६ जनाको मृत्यु भएको छ।

यस्तै, धनुषामा पाँच, महोत्तरी चार, सर्लाही एक, बारा दुई, पर्सा तीन, रामेछाप एक, सिन्धुली पाँच, काभ्रेपलाञ्‍चाेक तीन, ललितपुर ६, काठमाडौं तीन, मकवानपुर पाँच, धादिङ दुई, पाल्पा एक, दाङ दुई, कपिलवस्तु एक र डोल्पामा चारजनाको मृत्यु भएको छ।

बाढीपहिरोका घटनामा परी डोल्पामा सात, दाङ एक, तनहुँ एक, धादिङ एक, काठमाडौं एक, सिन्धुली तीन, पर्सा एक, रौतहट एक, महोत्तरी दुई, उदयपुर दुई, सुनसरी एक, मोरङ तीन, इलाम तीन र झापामा एकजना अझै बेपत्ता भइरहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ताप्लेजुङमा एक, मोरङ १ हजार ५ सय ३९, सिरहा ५ हजार, सर्लाही २ हजार ४ सय, रौटहट १ हजार १ सय १०, बारा १ हजार ६ सय ६५, पर्सा १ सय २० र डोल्पामा ४ घरधुरी अस्थायी विस्थापित भएका छन् ।

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेतबाट ४१ हजार २ सय ४ जनशक्ति खाेज, उद्धार र राहत वितरणमा परिचालन भएका छन् ।

हालसम्म ३ हजार ३ सय ६६ जनाको सकुशल उद्धार गरिएको छ ।