विप्लव नेकपा द्वारा साउन ७ गतेदेखि सरकारी गाडी गुड्न प्रतिबन्ध (हेर्नुहोस् विज्ञप्ति)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले यसै साउनको ७ गते सरकारी गाडिहरुलाई सडकमा गुड्न प्रतिबन्ध लगाएको छ।

बुधबार मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकाली राज्यको कदमका विरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी गाडी)का सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ। यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ।’

विज्ञप्तिमा राजनीतिक लडाइँको मोर्चामा हारेको विरोधी सत्ताले हाम्रा नेता कार्यकर्ताहरुलाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनाहरु घटाएको छ। यसरी हत्या आतङ्क, गिरफ्तारी, दमन र बलात्कारसम्मले पनि आन्दोलनलाई ठेगान लगाउन नसकेपछि बार्ताको भ्रमपूर्ण बकवास गोयबल्स शैलीमा फैलाएको छ र थप दमनको तयारी गरिरहेको छ।’ बताइएको छ ।

हेर्नुहोस् विज्ञप्ति