जंगली हात्तीको आक्रमणबाट चितवनमा एक  जनाको ज्यान गयो 

चितवन । पुर्बी चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट आज एक जनाको ज्यान गएको छ ।
घरबाट ज्याला मजदुरीका लागि सौराहा जादै गरेका रत्ननगर- ७ बद्रेनीका ६२ बर्षिय कान्छा दराईलाई आज बिहान करिब ६ बजे हात्तीले आक्रमण गरेको थियोे । हात्तीको आक्रमणबाट उनको घटना स्थलमै  मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख (डिएसपी) सन्तोष आचार्यले जानकारी दिए ।बद्रेनी गाउँबाट सौराहा जाने बाटोमा चितवन रास्ट्रिय निकुञ्ज जोडिएको मध्यवर्ति सामुदायिक वन रहेको छ । सो जङ्गल भएर बद्रेनीका बासिन्दा सौराहा आउजाउ गर्दछन ।