चितवनको रत्ननगरबाट ४३ केजी चरेस सहित ७० वर्षीया भारत मोतिहारीकी वृद्धा पक्राउ

चितवन । चितवनको रत्ननगरबाट त्रिचालिस केजी लागु औषध चरेस सहिते एक भारतीय वृद्धा पक्राउ परेकी छन् । भारत मोतिहारी घर भएकी ७० वर्षीया नुर्जाहा खातुन पक्राउ परेकी जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
खातुन रत्ननगर नगरपालिका–२ मा छोरीको घरमा बस्दै आएकी प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यलय टाडीबाट प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको टोलिले सोमबार राति पक्राउ गरेको हो ।
खतुनलाई चरेससहित इप्रका टाडीमै राखि थप अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।