असारे विकास : नागरिकलाई सास्ती जनप्रतिनिधि र ठेकेदारलाई मस्ती

सिरहा । कति लेख्नु रु अझै कति वर्षसम्म लेख्नुपर्ने हो रु ‘‘ लेख्दा पनि दिक्क लागिसक्यो भने यो खबर पढ्नेलाई पनि दिक्क किन पो लाग्दैन् होला र रु । ठेकेदारको चरम लार्पबाही, सरकारको वेवास्ताले सिरहा जिल्ला भरिको विकास कछुवाको गतिभन्दा पनि कम छ । त्यसैमाथी स्थानीय सरकार आएपछि गरिएको विकासकाले नागरिकलाई राहत भन्दा पनि आहत दिएको छ । वर्षोदेखिको दिर्घरोग फेरी यो वर्षपनि दोहोरिँदा अर्थात असारे झरीमा विकास निर्माणका काम हुँदा झनै नागरिकलाई सास्ती भएको छ ।

सिरहाको लक्ष्मीपुरपतारी (६ स्थित पथरगढाका खोला तथा नदिमा करिब ४र५ वर्षदेखि निर्माण शुरु भएका पुल अझै सम्म पनि निर्माण सम्पन्न नहुँदा फेरी यो वर्ष पनि नागरिकले सास्ती पाएका छन् भने विकासको नाममा असारे झरिमा निर्माण शुरु गरिएका अधिकांश सडक हिलाम्य हुँदा नागरिकलाई आवात—जावातमा समस्या हुने गरेको छ ।

कहिले होला वर्षायाममा ढुक्को यात्रा रु आम नागरिकको प्रश्न छ, तर जिम्मेवार निकाय अहिले अहिले पनि बेखबर जस्तै छ । बाढी आँउछ जान्छ, बिगतमा चल्यो यो वर्षपनि फेरि चल्छ, यसको निरन्तरता सधै भइराखेको छ । समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई न कार्बाही हुन्छ, न त समयमा नै काम हुन सकेको छ । सरकारी निकायको गैरजिम्मेवारपनका कारण ठेकेदारलाई मस्ती नागरिकलाई सास्ती भएको छ ।

 

सिरहाका खोला तथा नदिमा पुलको हरबिजोग अनि ग्रामिण भेगमा असारको झरिमा निर्माण गरिएका सडकले नागरिकलाई सास्ती मात्र बनाएको छैन् , आहात समेत बनाएको छ । सिरहा जिल्लाको करिब सबै ठाँउमा पुग्ने अधिकांश ग्रामिण सडक हिलाम्य छन् अहिले पनि, निर्माण कि त समयमै गर्नुपथ्र्यो , बरु नगरेको भएपनि नागरिकले जसोतसो काम चलाएकै छन् ।

निर्माणाधिन सडक हिलाम्य हुँदा सवारी साधन आवात जावत तथा पैदलयात्रीलाई समस्या बनाएको छ । वर्षात शुरुभएपछि निर्माण थालिएको सडक हिलाम्य भएको छ भने ठेकेदारले हिलेमाटो सहितका ग्रावेल गरिरहेका छन् । असार अन्तिम लाग्दा कतै कालोपत्रेको कामले निरन्तरता पाएको छ भने कतै सडक ग्राबेलको कामले गति लिएको छ । ठेकेदारको चरम लार्पबाहीका कारण सडक तथा पुल निर्माण समयमै हुन नसक्दा नागरिक आजित भएका छन् । सरकार तथा जिम्मेवार निकाय भने नियमनमा ध्यान दिन सकिरहेको छैन् ।