आज पनि भारी वर्षा हुने, कहाँ-कहाँ छ बाढी-पहिराेकाे उच्च जाेखिम ? २४ घण्टाका लागि चेतावनी

काठमाडाैँ । शनिबार (आज) पनि देशैभरि माैसम पूर्ण बदली भई भारी वर्षाकाे सम्भावना कायमै छ ।मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित रहेकाेले ती स्थानहरुमा भारी वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र रेखा समेत रहेको छ जनाउँदै महाशाखाले यी प्रणालीहरूकै कारण आज पनि देशैभरि मनसुन अति सक्रिय रहने बताएकाे छ ।

मनसुनी वर्षा जारी रहेकाले आगामी तीन दिनसम्म माैसम पूर्ण बदली भई वर्षाकाे सम्भावना कायमै रहेकाे महाशाखाकाे भनाइ छ ।

महाशाखाका अनुसार आज देशभरि नै वर्षा हुनेछ । मुलुकका पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना देखिन्छ । साथै केही स्थानहरुमा हावाहुरीको सम्भावना पनि रहेको छ।

२४ घण्टाका लागि चेतावनी

महाशाखाले पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा ‘भारी वर्षा’ हुने र पूर्व तथा मध्य क्षेत्रका पहाडी र तराई क्षेत्रका केही ठाउँमा ‘धेरै भारी वर्षा’ हुने सम्भावना रहेकाे भन्दै सतर्क रहन चेतावनी दिएकाे छ ।

पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य र पश्चिमी तराई क्षेत्रका नदीहरुमा जलको बहाव र स्तर बढेर बाढी आउन सक्ने सम्भावना कायमै रहेकाले उच्च सतर्कता अपनाउन भनिएकाे छ । साथै, देशभर विशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटीका कारण अवरोध आउन सक्ने भएकोले उच्च सतर्कता अपनाउन समेत महाशाखाले परामर्श दिएकाे छ ।