चितवनको सौराहामा बाढी पस्यो, दर्जन भन्दा बढी होटल डुबानमा, देशभर करिब २ दर्जनको मृत्यु , १ दर्जन बेपत्ता

चितवन । चितवनको पर्यटकिय नगरी सौराहामा बाढी पसेको छ ।

अविरल बर्षाका कारण राप्ती खोलामा आएको बाढीले सौराहाका १ दर्जन भन्दा बढी होटल डुबानमा परेका हुन । सौराहाका होटल हर्मिटेज लगायतको डुबानमा परेको होटल हर्मिटेज सौराहाका मेनेजर रमेश रेग्मीले जानकारी दिए ।

बाढीका कारण ति होटलहरुमा लाखौं को क्षति भएको छ । राप्ती खोला छेेउका १ दर्जनभन्दा बढी रेस्टुरेन्ट पनि डुबानमा पर्दा लाखौंको क्षति भएको छ । राप्ती खोला छेेउका १ दर्जनभन्दा बढी रेस्टुरेन्ट पनि क्षति भएको छ । होटलका सामान जोगाउन राति अबेरसम्म पनि उनीहरुले सारिरहेका देखिन्थ्यो । ती होटेलहरुमा बिदेशी तथा नेपाली पर्यटक समेत रहेको रेग्मीले बताए ।

दुई बर्ष अगाडि पनि सौराहामा बाढीका कारण ति होटलहरुमा करोडौंको क्षति भएको थियो ।

त्यस्तै चितवनको कालिका, राप्ती, माडी ,रत्ननगर भरतपुर , खैरहनी र ईच्छाकामनाका विभिन्न स्थानमा पनि क्षति भएको छ । क्षतिको एकिन विवरण भने आइ सकेको छैैैन ।

राबिप्ती नदीले खतराको सूचक नाघ्यो, सौराहासहित पूर्वी चितवन जोखिममा

चितवन भएर बग्ने राप्ती नदीले खतराको सूचक नाघेको छ । लगातार परिरहेको वर्षाले चितवन भएर बग्ने राप्ती नदीको बहाबले खतराको सूचक नाघेको हो । राप्ती नदीको खतरा सूचांक ४ मिटर भन्दा बढि अहिले पानीको बहाब पुगेको छ ।

राप्ती नदीमा ४ मिटर भन्दा कमलाई सामान्य मानिन्छ । तर ४ मिटर पुग्ने बित्तिकै खतराको सूचांकको रुपमा लिइन्छ । अहिले भने राप्ती नदीको बहाब ४ मिटर ३० सेन्टिमिटर पुगेको जल तथा मौषम विज्ञान विभाग रजैयाका बद्री ढकालले जानकारी दिए । उनले निरन्तर पानी परिरहेकाले पानीको बहाब बढ्दो क्रममा रहेको बताए । खतराको संकेत भन्दा बढि पानीको बहाब पुगेकोले सचेत रहन उनले आग्रह गरेका छन् ।

देशभरि बाढीका कारण १७ जनाको मृत्यु

शुक्रवार परेको अविरल वर्षाका कारण देशभरमा १७ जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको सूचना अनुसार साँझ पौने ७ बजेसम्म देशभर १७ जनाको मृत्यु र ७ जना घाइते भएको तथ्यांक  छ । शुक्रवार बिहानैदेखि परेको अविरल वर्षाले देशभर विभिन्न ठाउँहरूमा बाढी र पहिरोका कारण थप जनधनको क्षति हुन नदिन प्रहरीले सबैलाई सचेत रहन आग्रह पनि गरेको छ ।

प्रहरीले दिएको सूचना अनुसार खोटाङमा ३ जना, ओखलढुंगामा १ जना, भोजपुरमा २ जना, पर्सामा १ जना, काभ्रेमा २ जना, रामेछापमा १, सिन्धुलीमा १ जना, मकवानपुर् र धादिङमा १/१ जना, काठमाडौँमा ३ जना र ललितपुरमा १ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भक्तपुरमा १ जनालाई उद्दार गरिएको छ ।