देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह

काठमाडौँ । केही दिनदेखि देशभर भारी वर्षा भईरहेको छ। निरन्तरको मनसुनी वर्षाका कारण साना तथा ठूला नदीहरुमा बाढी तथा पहाडी क्षेत्रमा पहिरोको उच्च सम्भावना रहेकाले सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ।

हाल नेपालको पुर्व देखि पश्चिम तराई भू-भागमा मनसुन न्यूनचापिय रेखा रहिरहनेरहेकाले आगामी २४ घण्टासम्म भारी वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अझै केही दिनसम्म देशभर पूर्ण बदली रहि धेरैजसो स्थानहरुमा मनसुनी वर्षा भईरहने छ।

अविरल वर्षाका कारण पाल्पाको सिद्धबाबामा पहिरो खसेर  सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ भने सप्तकोशीमा पानीको बहाब उच्च भएपछि खतराको घण्टी र रातो झण्डा राखिएको छ। बाढीकै कारण भारतका आसाममा ३ जनाको ज्यान गएको छ भने ४ लाख मानिस प्रभावित भएका छन्।