फोर्ब्स कलेजमा अभिभावक सचेतना कार्यक्रम

चितवन । भरतपुर २ क्षेत्रपुरमा अवस्थित फोर्ब्स कलेजले  आफ्ना अभिभावकहरुको भेला गरि अभिभावक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा कलेजका संरक्षक तथा सल्लाहाकार श्री प्रा.डा भोजराज अर्याल र प्रा.डा.होम बहादुर बस्नेतले अभिभावकहरुलाई प्रशिक्षित गर्नु भएको थियो ।

सोही अवसरमा कलेजले अभिभावक तथा विद्यार्थीहरु लक्षित यस्ता कार्यक्रमको निरन्तरता दिने कलेजका प्राचार्य दीपक गौतमले बताउनु भएको थियो ।
सो कार्यक्रममा कलेजका सहायक प्राचार्य हरिशरण पाठक, अभिभावक ,कर्मचारी तथा प्रध्यापकहरुको उपस्थिति रहेको थियो ।