अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

काठमाडौं,  । अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ। क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर नेपाली समयअनुसार शनिबार ९ बजेर ४ मिनेटमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

यो पछिल्लो २० वर्षयताकै शक्तिशाली कम्पन भएको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ। भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झन्डै २४० किलोमिटर उत्तर पूर्वमा रहेको रिड्गेक्रेस्ट शहर नजिकै रहेको छ।सोही क्षेत्र केन्द्रविन्दु भएर हिजो बिहान ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

शनिबार गएको भूकम्पले पनि ठूलो भौतिक क्षति पुर्‍याएको भए पनि मानवीय क्षति भने नभएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। भूकम्पका कारण विद्युत् आपूर्ति भने बन्द भएको छ । एजेन्सी