क्यान्सर पीडित पुजा थापालाई म्यारिड वोमेन ग्रुपबाट नगद सहयोग

चितवन । सामाजिक संजाल त्यस माथि  फेसबुक सर्वसाधारण सबैका लागी एउटा अत्यावश्यक साधन जस्तो बनेको छ । फेसबुकको सदुपयोग गर्न जानेमा जस्तो सुकै कठिनाइ काम पनि सहज तरिकाले गर्न सकिन्छ भन्ने एउटा उदाहरण बनेको छ ‘म्यारिड वोमेन ग्रुप’ । सामाजिक संजालबाट देश बिदेशमा यत्रतत्र छरिएर बसेका बिबाहित महिलाहरुलाई एकत्रित गरेर बनाइएको ग्रुप म्यारिड वोमेन ग्रुपमा अठार हजार बढी सदस्य रहेकाछ्न । जसको उदेश्य गरिब, दुखी, बेरोजगार ,महिला हरुलाइ सहयोग गरेर सीप सिकाएर अघि बढ्न अभिप्रेरित गर्छ । विभिन्न स्थानमा विभिन्न रोगले ग्रसित मानिसहरुलाइ यहि ग्रुपबाट आफुने सकेको रकम संकलन गरेर सहयोग कार्यमा जुट्ने क्रममा हालै क्यान्सर पीडित गोर्खा स्थित  पुजा थापा जो अहिले उपचारको क्रममा काठमाडौंको सिभिल हस्पिटलमा उपचार गराइराख्नु भएको छ । उहाँको उपचारको लागि यस ग्रुपबाट नगद रु ३५ हजार ८ सय बिरामीलाई हस्तान्तरण गरेर सहयोग गरेकाछ्न । प्रार्थना गर्ने ओठ भन्दा सहयोग गर्ने हात ठुला हुन्छन् भन्ने कुरालाई प्रस्ट्याएको छ ।