लायन्स क्लब अफ चितवन नेशनल पार्क र ग्राण्डी हस्पिटल, काठमाडौको सहकार्यमा मुटु सम्बन्धि नि:शुल्क स्वास्थ परिक्षण

चितवन । लायन्स क्लब अफ चितवन नेशनल पार्कले ग्राण्डी इन्टरनेशनल हस्पिटल, काठमाडौको सहकार्यमा मुटु सम्बन्धि नि:शुल्क स्वास्थ परिक्षण शिबिरको आयोजना गरेको छ । शिबिरको रत्ननगर नगरपालिकाका प्रमुख नारायण  बनले  उदघाटन गर्नु भएको थियो ।

क्लबका अध्यक्ष निरज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ मुटु रोग बिशेषज्ञ डा. मिलन प्रकाश श्रेष्ठ (ग्राण्डी इन्टरनेशनल हस्पिटल) ले कार्यक्रम तथा मुटु रोग सम्बन्धि जानकारी गराउनु भएको थियो । कार्यक्रममा लायन्सका डिस्ट्रीक्ट सल्लाहकार  दीपेन्द्र खतिवडा तथा ग्राण्डी इन्टरनेशनल हस्पिटल, काठमाडौको प्रतिनिधि  दिनेश पौड्यालको उपस्थिति रहेको थियो । एक दिने शिबिरमा १०० जनाको मुटु परिक्षण, नि:शुल्क औसधि बितरण, नि:शुल्क मधुमेह परिक्षण गरिएको थियो ।

सो परिक्षणको क्रममा डा. श्रेष्ठले ६० प्रतिशत  भन्दा बढी बिरामीमा गम्भीर अवस्था देखीएको भन्दै शरिरमा अरु अंग २/२ वटा भए पनि मुटु एउटै हुने भएकोले यस क्षेत्रमा मुटु रोग सम्बन्धि धेरै भन्दा धेरै जनचेतना जगाउनु पर्ने कुरामा जोर दिनु भयो । कार्यक्रममा नगर प्रमुख बनले मुटु रोग विशेष प्रकारको रोग रहेको र प्रत्येक हप्ता २/३ जना लाई उपचारको लागि नगरपालिकाले सिफारिस गर्ने गरेको र यसको सचेतनाका लागि सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमको संयोजन क्लबका दित्तिय उपाध्यक्ष भिस्म कुमार श्रेष्ठले गर्नु भएको थियो ।