देशभर बदली, पश्चिममा भारी वर्षााकाे सम्भावना

काठमाडौं । शुक्रबार देशभरकाे माैसम सामान्यदेखि बदली रहने माैस पूर्वानुमान महाशाखाले जनाएकाे छ । मुलुकभरको मौसम सामान्य बदली रहेर केही भु-भागमा हल्का र पश्चिमी क्षेत्रतिर भारी वर्षााकाे सम्भावना रहेकाे छ ।

देशको पश्चिम भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।

भाेली शनिबार भने माैसम सामान्य रहने तर केही ठाँउमा वर्षाा र बदली रहने महाशाखाले जनाएकाे छ ।