गएराति महाेत्तरीमा खतरनाक डकैती : १५ लाखकाे धनमान लुटियाे, डाकासँग दाेहाेराे भिडन्त

ललन मंडल ,महोत्तरी। महोत्तरीको बर्दिवास नगरपलिका ६ र ७ प्रेमनगरमा डकैती हुँदा लाखौँका धनमाल लुटिएकाे छ ।

गएराति १०-११ जनाको समुहमा आएका डाँकाहरुले सुनचाँदी, नगद गरी करिब १५लाख बराबरको धनमाल लुटेर फरार भएका छन् । डाँकाहरु सो गाउँका १ किमिको फरक क्रमबद्ध रुपमा २ घरमा लुटपाट मच्चाएका छन् ।

सोही वडा बस्ने वडा ७ का रामसुनर महतो, वडा ६ का चन्देश्वर महतोको घरमा डकैती भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएकाे छ । लुटेराहरुमध्ये एकजना हतियार सहित पक्रउ परेका छन् ।

सलार्हीकाे चन्द्रपुर गाउँपालिका वडा ६ बस्ने वर्ष ४० का देवनरायण कापड हतियारसहित पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । डाकाहरु भाग्ने क्रममा गाउँलेहरुले लखेट्दै नजिकै रहेका बडहडी खोलामा पुग्दा दोहरो भिडन्त भएकाे थियाे ।

डाकाहरुकाे प्रतिकार गर्ने क्रममा घाईते भएकामध्ये घरमुली चन्देश्वर महतो र उनकी श्रीमती जेयवती देवी र छोरा वर्ष २७ का उमेश महतोलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भईरहेकाे जनाइएकाे छ ।

डाकाहरुलाई गाउँलेहरुले कुटपिट गर्दा उनीहरुकाे स्वास्थ्य अवस्था समेत गम्भीर रहेकाे बताइएकाे छ । घाइते डाकालाई भने उपचारका लागि बर्दिवासस्थित शुभ शस्थिक अस्पतामा उपचार उपचाइ गराइरहेकाे ईप्रका बर्दिवास ले जनाएकाे छ ।