‘जे पे गर्दा पनि आइएमई पे’ सञ्चालन, ‘आइएमई पे’ बाट पेट्रोलको भुक्तानी गर्दा नगद छुुट पाइने

चितवन । ‘आइएमई पे’ बाट पेट्रोलको बिल भुक्तानी गर्दा ग्राहकले नगद छुुट पाउने भएका छन । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडले प्रयोगमा ल्याएकाे सो मोबाइल एप मार्फत ग्राहकले पेट्रोल खरिद गर्दा प्रति लिटर २ रुपैयाँ छुट पाउने भएका हुन ।

आज भरतपुरमा आयोजित चितवन पेट्रोलियम डिलर्स यसोसियसनमा आबद्ध पेट्रोल पम्प व्यावसायीहरु संगको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताइएकाे हो । ग्राहकले प्रति लिटर २ रुपैयाँ र पेट्रोल पम्प व्यावसायीलाई प्रति लिटर १ रुपैया बोनस उपलब्ध गराइने आइएमई लिमिटेडका क्षत्रिय प्रमुख सुरज पौडेलले जानकारी दिए ।

ग्राहकलाई १ सय लिटर सम्म र पेट्रोल पम्प व्यावसायीलाई भने बिक्री गरेको लिटरको प्रति लिटर १ रुपैया बोनस उपलब्ध गराइने पौडेलले जानकारी दिए । यस अगाडि ‘आइएमई पे’ बाट पेट्रोलको बिल भुक्तानी सुबिधा काठमाडौं र पोखरामा सुरु भइसकेको र चितवनमा छिटोभन्दा छिटो सुरु गर्न लागेको आइएमई डिजिटल सोलुसन लिमिटेडका ब्यबसाय प्रबर्द्धन अधिकृत अबिनाश श्रेष्ठले जानकारी दिए ।सो कार्यक्रममा चितवनका पेट्रोल पम्प व्यावसायीी हरुको सहभागीता रहेकोे थियो ।

‘आईएमई पे’ को २० हजार एजेन्ट आउटलेट सञ्जाल

झन्डै २० हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रूप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्याेट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ । आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी भएको आईएमई ग्रूप काठमाडौंका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जानकारी दिए ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टको सहयोग लिएर मोबाइल मार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्तिव्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्ने पौडेलले बताए । पौडेलले पोखरामा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन ।

‘जे पे गर्दा पनि आइएमई पे’ सञ्चालन

आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) ले मोबाइल वालेट एपको जे पे गर्दा पनि आइएमई पे नामक कार्यक्रम शुरु गरेको छ।नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप आइएमई पे लाई फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइल तथा टिभीको रिचार्ज, हवाईजहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकार र सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि रेस्टुरेन्ट तथा अन्य पसल र स्टोरमा रकम भुक्तान गर्न सकिने जनाइएको छ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा आइएमई पे को प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलोभन्दा सजिलो बनाउनु भएको बताउँछन् । सन् २०१९ को अन्त्यसम्म नेपालभर १ लाखभन्दा बढी ठाउँमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिनेछ ।