महिला विश्वकप फुटबल : इंग्ल्याण्डलाई हराउँदै अमेरिका फाइनल प्रवेश

काठमाडाैँ । डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलमा अमेरिकाले इंग्ल्याण्डलाई २–१ ले पराजित गरेको हो ।

अमेरिकाको जितमा क्रिष्टिन प्रेस र एलेक्स मोर्गनले गोल गरिन् । इंग्ल्याण्डका लागि एलन ह्वाइटले गोल गरिन् । दुवै तर्फको गरी तीनै गोल पहिलो हाफमा भएको हो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन ।

८६ औँ मिनेटमा मिली ब्राइट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इंग्ल्याण्ड १० खेलाडीमा सीमित भएको थियो । खेलको दोस्रो हाफमा अमेरिकाकी ह्वाइटले गोल गरेकी थिइन् । तर भिएआरबाट हेर्दा अफसाइड रहेको देखियो ।

त्यसपछिको अर्को भिएआरमा इंग्ल्याण्डले पेनाल्टी पायो तर त्यसमा स्टेफ होग्टनले गोल गर्न सकिनन् ।

दोस्रो सेमिफाइनलमा बुधबार राति स्वीडेन र नेदरल्याण्डसबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्