चितवनको पदमपुरमा नेकपाको श्रद्धाञ्जली सभा 

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिका नगर कमिटीको आयोजनामा आज पुर्बि चितवनको पदमपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेकपाकि नेतृ सबिता लामाको ममतामयी आमा सुकमाया पाख्रीनको असामयिक निधन भएको सातौ दिनको पुण्य तिथिमा सो श्रद्धाञ्जली सभा गरिएको हो ।नेकपाका नेता रामध्वज डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, विशेष अतिथि नेकपाका सचिब एवं संघीय साम्सद कृष्णभक्त पोख्रेल , प्रदेश साम्सद घनश्याम दाहाल लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा नगर कमिटी, पुर्ब जनमुक्ति सेना संघ नेपाल, वाइसीएल चितवन,  युवा संघ चितवन,  सहिद स्मृति प्रतिष्ठान नेपाल,  महिला ससक्तिकरण तथा परिवर्तनशिल सस्था नेपालको तर्फबाट श्रद्धाञ्जली पत्र बाचनगरि परिवारजनमा हस्तान्तरण गरिएको थियो ।
स्वर्गीय सुकमाया पाख्रीनको ४ जना छोराहरु मनोज, रामेश्वर, किशोर र बिनोद पाख्रीन रहेका छन।  ४ जना छाेरीहरु बिष्णु, शिव, कल्पना र सबिता लामा रहेका छन ।
सो कार्यक्रममा नेकपाका प्रदेश सदस्य संगीता भट्टराई, जिल्ला तथा स्थानिय नेताहरु तेजेन्द्रबहादुर खड्का जयचन्द्र प्रसाद चौधरी देबिप्रसाद ढकाल करण आग्री ईश्वर सापकोटा केशव लामा इश्वर रेग्मी उत्तम गुरुङ दिलिप पौडेल पुर्णबहादुर पुरी लगायतको उपस्थिति रहेको थियो ।