एसईई परीक्षामा कम ग्रेड आएको छ ? निराश हुनु पर्दैन !

चितवन । विगतका वर्षहरुमा आइरन गेटको रुपमा परिचित माध्यामिक शिक्षा परिक्षामा कम ग्रेड आएर विद्यार्थी निराश हुने गरेको पाइन्छ । तर अब विद्यार्थीहरु कमजोर ग्रेड आउदैमा गलत बाटो अपनाउने तथा डिप्रेसनमा जाने गर्नु पर्दैन ।

त्यसको विकल्पमा विभिन्न प्राविधिक धारहरु मध्य हाल लोकप्रिय होटल म्यानेजमेन्ट विषयमा डिप्लोमा इन होटल म्यानेजमेन्ट एण्ड कुलिनरी आटर्स अध्ययन गरि सक्षम जनशक्तिको रुपमा आफुलाई स्थापित गर्न सकिन्छ ।


फोब्र्स कलेज भरतपुर २ , क्षेत्रपुर र ज्ञानसुधा टेक्निकल कलेज र .न .पा १ बकुलहर, नगरपालिका गेटमा रहेको कलेजले एस इ इ मा “डि” र “इ” ग्रेड आएका विद्यार्थीहरुलाई लक्षित गरि डिप्लोमा इन होटल म्यानेजमेन्ट एण्ड कुलिनरी आटर्स कार्यक्रम संचालन गरिरहेको  कलेजका प्राचार्य दीपक गौतमले जानकारी गराउनु भयो ।

सो कार्यक्रममा ६ महिना कलेजमा अध्ययन पश्चात स्वदेश तथा विदेशका स्तरीय होटलमा इन्टर्नशीप पश्चात होटल इन्डष्ट्रीका लागी सक्षम जनशक्ति उत्पादन हुनेछन् ।
सो कलेजमा एस इ इ र १२ कक्षामा “डि” र “इ” ग्रेड आएकाका साथै १२ कक्षा दिएर बसेका र चाडै नै करियर बनाउन इच्छुक सम्पुर्ण विद्यार्थीहरु भर्ना हुन सक्ने कलेजका सहायक प्राचार्य हरि शरण पाठकले जानकारी गराउनु भयो ।

साथै अध्ययन पश्चात सम्पुण विद्यार्थीहरुका लागि स्वदेशमा शत प्रतिशत रोजगारीको अवसर प्रदान गर्ने समेत सह प्राचार्य  हरि शरण पाठकले जानकारी गराउनु भयो ।