चितवनमा नेकपा प्रवेशको जनलहर, अध्यक्ष प्रचण्डले प्रवेश गराए तरुणका क्षेत्रिय सदस्यसहित १ सय ३५ युवा

चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेशको लहर चलेको छ । तरुण दलका क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका १ सय ३५ जना युवाहरू नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भरतपुरमा एक समारोहका विच ती युवाहरु रातो अबिरको टिका लगाउदै फुल र खादा लगाएर स्वागत गरेका थिए । सोही नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालसहितका नेताहरुको समेत सहभागी थियो । 

उनिहरुले मुलुकको समृद्धि नेकपा नेतृत्वबाट मात्रै सम्भव हुनेभएकाले कांग्रेस परित्याग गरेको बताए ।
हजुरबुवा, बुबा, परिवार कांग्रेसमा लागेकैले युवाहरु पनि त्यहि बाटोमा हिड्नुपर्छ भन्ने छैन आफ्नो निर्णय आफै लिनुपर्ने उनीहरुको भनाई छ । अब पार्टीको निति नियम निर्देशनअनुसार नेकपामा क्रियाशील हुने प्रतिवद्धता जनाएका छन ।