निष्कर्ष विहीन भयो आजको नेकपाको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको बैठकमा राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज निक्र्योल गर्ने विषयबारे छलफल हुने भनिए पनि खास एजेन्डामा प्रवेश नै नभई बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि यो पहिलो सचिवालयको बैठक हो । बैठकमा प्रधानमन्त्रीले युरोप भ्रमणबारेको जानकारीका क्रममा बढी समय लागेको हुनाले मूल विषयका बारे निर्णय हुन नसकेको सहभागी एक नेताले जनाएका छन् । प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएकाले पनि हतारमा बैठक स्थगन गरिएको एक नेताले बताए । अर्काे बैठक आन्तरिक तयारीकासाथ बस्ने भनिए पनि कहिले बस्ने भन्ने मिति तय भने गरिएको छैन ।