चित्त दुखाइका विषयमा थाँती राखेर राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले कतिपय चित्त दुखाईको विषयलाई पनि थाँती राखेर राष्ट्र निर्माण गर्ने अभियानमा जुटन सबैलाई आह्वान गरेका हुन्।

बुधबार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’ घोषणा गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको उल्लेख गर्दै त्यस अभियानमा सबैको साथ र सहयोग जरुरी रहेको पनि बताए।