राप्तीको तरकारी संकलन केन्द्र अनुगमन

चितवन । चितवनको राप्ती नगरपालिकामा नेपाल सरकारको सहयोग निर्माण भईरहेको तरकारी तथा फलफुल संकलन केन्द्रहरु अनुगमन गरिएको छ । राप्ती नगरपालिकाकी मेयर प्रभा वरालको नेतृत्वमा नगरपालिका तथा जिल्ला सहकारी संघका प्रतिनिधीको उपस्थितीमा निर्माणाधिन संकलन केन्द्रको सोमवार अनुगमन गरिएको हो ।

राप्ती नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेका अनुसार नगरको साना किसान कृषि सहकारी संस्था पिप्ले,साना किसान कृषि सहकारी संस्था वीरेन्द्रनगरले तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण गरिरहेको छन् भने साना किसान कृषि सहकारी संस्था भण्डारा र जनजागृती हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाले केही समयपछि निर्माण सुरु गर्दैछन् । निर्माणाधिन संकलन केन्द्रको मेयर वराल,उप मेयर इमानसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई,कृषि शाखा प्रमुख न्यौपाने, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थितीमा अनुगमन गरिएको थियो । नेपाल सरकारले प्रदेश ३ मा ६ जिल्ला छनौट गरेर सहकारी मार्फत संकलन केन्द्र स्थापना गर्न सुरुवात गरेको हो ।

जस अन्र्तगत चितवनको राप्ती नगरपालिका,रत्ननगर र कालिका नगरपालिकाका ४,४ वटा सहकारीमा तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण गर्न लागिएको जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रत्येक सहकारीलाई १५ लाखका दरले संकलन केन्द्र निर्माण गर्न वजेट दिईएको छ ।