चितवनकै पहिलो यूरोलोजिष्ट सह–प्राध्यापक बने डा. सुदिप केसी

चितवन । पूरानो मेडिकल कलेज भरतपुरमा कार्यरत डा. सुदिपराज केसी चितवन कै पहिलो यूरोलोजिष्ट सह–प्राध्यापक बनेका छन् । काठमाण्डौं विश्वविद्यालयले डा. केसीलाई सह प्राध्यापकमा बढुवा गरेपछि उनी जिल्ला कै पहिलो यूरोलोजिष्ट सहप्राध्यापक बनेका हुन् ।

युरोलोजीमा एमसिएच गरेको दुई बर्षपछि डा. केसीलाई उप–प्राध्यापक बाट सह–प्राध्यापकमा बढुवा भएका हुन् ।डा. केसीले युरोलोजी विषयमा एमएस गर्दै गरेका एक जना विद्यार्थीलाई आफूसँगै राखेर पढाउन पाउँछन् । विगत ११ बर्षदेखि डा. केसीले चितवनमा रहेर युरो सम्बन्धि बिरामीहरुलाई सेवा दिदै आएका छन् ।

अति विशिष्ट सेवाका रुपमा लिइने युरोलोजी सेवामा पूरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज र क्यान्सर अस्पतालमा उपलब्ध छ । चितवनमा पिसाव, पथ्थरी, मृगौला, प्रोष्टेटका बिरामीहरुको संख्या बढ्दैं गएको भन्दैं डा. केसीले सेवा पनि विशिष्टिकृट हुँदै गएको बताए । अझैं पनि मृगौला, प्रोष्टेट र त्यसमा हुने क्यान्सर सम्वन्धि बिरामीहरु विषेशज्ञ चिकित्सकसँग आइ नपुग्नु एक खालको समस्या रहेको डा. केसीको भनाइ छ ।