नेपाल प्रहरीका डिआईजीको सरूवा, कुन प्रदेशमा को ?

काठमाडौं । सरकारले सातै प्रदेशका प्रमुखसहित १९ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले शनिबार डिआइजीहरुको सरुवा  गरेका हुन् ।

मन्त्रालयले एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तिनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा बिनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पुर्णचन्द्र जोशी, सुदुरपश्चिम प्रदेशमा तारिणी लम्सालकाे सरुवा गरिएको हो ।

त्यस्तै भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरीबहादुर पाल, अख्तियारमा कमल जिटि, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी तथा योजना अन्वेषण निर्देशनालयमा केदार रिजाललाई सरुवा गरिएको छ ।

यसैगरी सूर्य उपाध्याय एअरपोर्ट, महेश बिक्रम राष्ट्रिय सुरक्षा परिषद, दानसिंह बोहोरा राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजञ्ज, सुरज केसी सुरक्षा निर्देशनालय र महेन्द्र पोखरेल मानवस्रोत बिभाग सरुवा गरिएको छ ।