पूर्व शिक्षा मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य डिआर पौडेलको निधन

चितवन सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेल (डि आर)को निधन भएको छ । चितवन माडीमा रहेका पौडेलको गएराती हृदयघातका कारण निधन भएको परिवारले पुष्टि गरेका छन् । पौडेल नेपालको कम्युनिष्ट आन्दोलनभित्रका इमान्दार, सरल, निष्ठावान र वैद्धिक ब्यक्तित्वका धनी रहेका थिए ।

को हुन पौडेल ?
धनिराम पौडेल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री हुन् । पौडेलका दुई वटा छोरी मात्र छन् ।  चितवन, बघौडा, नयाँ पिपरिया स्थायी घर भएका पौडेलले स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनी दोश्रो संविधानसभा चुनावमा समानुपातिक तर्फका सांसद थिए । पार्टी अध्यक्ष प्रचण्डको दोश्रो प्रधानमन्त्री कालमा उनी शिक्षामन्त्री भएका थिए ।