चितवन । शैक्षिक हबको रुपमा विकासित भएको चितवनमा एजुकटर्स फाउन्डेसन नेपालले चितवन तथा नवलपुर क्षेत्रमा रहेको स्कुल तथा कलेजमा रहेका विद्यार्थीहरुलाई सोहि संस्थामा अनुसन्धान केन्द्र स्थापना गरि मनोवैज्ञानिक तथा अनुसन्धनात्मक पध्दतीमा शिक्षा प्रदान गर्न स्कुल तथा कलेजलाई सहयोग गर्ने भएको छ ।


भरतपुर – २ क्षेत्रपुरमा अवस्थित फोर्ब्स कलेज को हलमा चितवन तथा नवलपुर क्षेत्रका स्कुल तथा कलेजका प्राचार्यहरु संग अन्तक्रिया गरी सो कुरा जानकारी गराइएको कुरा एजुकेटर्स फाउन्डेसन नेपालका संयोजक तारा प्रसाद अधिकारीले जानकारी गराउनु भयो । प्रा.डा. होम बहादुर बस्नेतको अध्यक्षतामा रहेको यस संस्थामा प्रा.डा.यज्ञ प्रसाद अधिकारी , साइकोलोजिस्ट डा. नरेन्द्र ठगुन्ना लगाएतको टिम रहेको जानकारी गराउनु भयो । यस संस्थाले यस वर्ष जम्मा ६ बटा स्कुल कलेज लिएर कार्यक्रम गर्ने र जसमा शिक्षक, विद्यार्थी तथा अभिभावक सम्वन्धी कार्यक्र्रमहरु रहेको छ र हाल सम्म सो कार्यक्रम लागु गर्न पर्सामा रहेको नेशनल आ.मा.वि. र भरतपुर – २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेज सँग सहमती भइ सकेको जानकारी गराउनु भयो ।


फोर्ब्स कलेजको हलमा भएको अन्तक्रिया कार्यक्रममा ४०० भन्दा बढि कार्यक्रम गरि सक्नु भएका सकारात्मक सोच कार्यक्रमका अभियन्ता एजुकेटर्स फाउन्डेसन नेपालका अध्यक्ष तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा.होम बहादुर वस्नेतले संस्थालाई कसरी अगाडी वढाउने र एजुकेशनल फादर बन्नका लागी सम्पुर्ण प्राचार्यहरुलाई अनुरोध गर्नु भयो । सोही कार्यक्रममा संस्थाका सदस्य साइकोलोजिष्ट डा. नरेन्द्र ठगुन्ना, नेशनल आ.मा.वि का प्राचार्य राजकुमार दाहाल ,डन एकेडेमीका अध्यक्ष मनोज विष्ट तथा फोब्र्स कलेजका प्राचार्य दीपक गौतम , कलेजका सहायक प्राचार्य हरिशरण पाठकले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !